१ किलो ४ सय ग्राम अवैध सुनसहित भारतीय नागरिक पक्राउ

Share this
670shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २, शुक्रबार १४:०४

काठमाडौं । प्रहरीले काठमाडौंको भेडासिंहबाट १ किलो ४ सय ग्राम अवैध सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीका अनुसार भारतका माणिक दासलाई १ किलो ४ सय ग्राम सुन तथा सुनका गहनासहित पक्राउ गरिएको हो ।

Advertisement

प्रहरीका अनुसार बरामद सुन अवैध रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दासको साथबाट ७ लाख ५० हजार रुपैयाँ नगदसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

दासले भेडासिंहमा ‘टञ्च हाउस’ सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×