
काठमाडौं । लागुऔषध मुद्दामा थुनाबाट छुटाई दिन्छु भनी पैसा लिने बिचौलिया चार लाख ८० हजार रुपैयाँ रकमसहित अदालत परिसर भित्रबाट पक्राउ परेका छन् ।
काठमाडौं जिल्ला अदालतमा प्रतिवादी विमल घलेलाई थुनाबाट छुटाउन पैसा माग्ने बिचौलिया सुर्यगढी–६ नुवाकोटका अजय थापा मगर र पैसा लिएर आउने विदुर–९ नुवाकोटका हरिराम गिरी आज (शुक्रबार) पक्राउ परेका हुन् ।
प्रतिवादी विमल घले समेत भएको मुद्दा थुनछेक बयानका लागि इजलास समक्ष पेस भएको थियो । उक्त मुद्दामा प्रतिवादीलाई थुनामा पठाउने आदेश भएको थियो ।

























