मोरङबाट युवतीसहित तीन जना पक्राउ

Share this
798shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ४, आइतबार ०८:३०
दुई साताअघि अपहरणमा परेका १५ महिने बालकको प्रहरीले सकुशल उद्धार

विराटनगर । मोरङबाट एक युवतीसहित तीन जना पक्राउ परेका छन् । पक्राउ परेकाको साथबाट लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) बरामद भएको छ ।

सुनवर्षी नगरपालिका–८ सिक्टीस्थित भित्री सडकखण्डबाट प्रहरीले ५ ग्राम ७० मिलिग्राम खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कानेपोखरी गाउँपालिका–६ का २४ वर्षीय विक्रम गुरुङ र २१ वर्षीया केविना गुरुङ रहेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए ।

Advertisement

उनका अनुसार सिक्टीबाट विश्वकर्माचोकतर्फ जाँदै गरेको को २५ प ८८७९ नम्बरको मोटरसाइकललाई शनिबार राति करिब ११ः३० बजेतिर प्रहरी चौकी सिक्टीबाट खटिएको टोलीले शंका लागेर रोकी चेकजाँच गरेको थियो । त्यस क्रममा मोटरसाइकल चालक विक्रम र पछाडि सवार केविनाको साथबाट लागुऔषध फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रंगेलीमा ल्याई थप अनुसन्धान गरिरहेको छ ।

यस्तै, पथरीशनिश्चरे नगरपालिका–१ पश्चिम स्टेनबाट प्रहरीले ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पथरीशनिश्चरे–३ जंगाटोलका २३ वर्षीय करण राई रहेका छन् ।

लागुऔषध सेवन तथा कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ करिब ६ः३० बजे राईलाई चेकजाँच गरेको थियो । त्यस क्रममा उनले दाहिने साइडको गोजीमा लुकाएर राखेको १ ग्राम ११० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।

राईलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय पथरीमा राखेर थप अनुसन्धान अघि बढाइएको छ । पक्राउ परेकाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

तपाइको प्रतिक्रिया
बाढी प्रभावितलाई चिनियाँ सहयोग
जेनजी आन्दोलनका घाइतेलाई निःशुल्क कानुनी सहायता
कानुनसम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन प्रधानन्यायाधीश चीनतर्फ
सनाखत हुन सकेनन् त्रिशूली-१ सुरुङबाट निकालिएका २४ शव
एरिका गुरुङ एसियाली खेलकुदको सेमिफाइनलमा पराजित 
एरिका गुरुङ एसियाली खेलकुदको सेमिफाइनलमा पराजित 
डमी खाताबाट कारोबार गरेको अध्यक्ष आङबाबुको स्वीकारोक्ति
कोशी, बागमती र गण्डकीमा ‘धेरै भारी’ वर्षाको सम्भावना 
असोज ८ देखि भारी वर्षाको चर्चा, मौसमविद् भन्छन्–अहिल्यै ठोकुवा गर्न सकिँदैन
लाइसेन्स छपाइमा नयाँ व्यवस्था, मधेशका ३ हजार ८१ प्रति सेवाग्राहीसम्म पुग्दै
विश्लेषक भरत दाहाल सुन्दरहरैँचाबाट पक्राउ, काठमाडौं पठाइँदै
एसियाड क्रिकेट टोलीको बिदाइ
एसियाड क्रिकेट टोलीको बिदाइ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×