भोजपुरमा विशेषज्ञ सहितको पशु स्वास्थ्य शिविर

Share this
769shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ४, आइतबार ०९:१८

भोजपुर। भौगोलिक विकटताका कारण प्राविधिक सेवा र औषधि पाउनबाट वञ्चित ग्रामीण भेगका किसानलाई लक्षित गरी भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्मामा निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । पशुपालक किसान सहज रूपमा घरदैलोमा सेवा उपलब्ध गराउने लक्ष्यले शिविर सञ्चालन गरिएको हो ।

शिविरका अवसरमा उद्योग, कृषि तथा सहकारी मन्त्रालयका डा देवकुमार दर्लामी तथा गाउँपालिकाका डा रामकृष्ण पौडेलले किसानलाई पशु स्वास्थ्य, जैविक सुरक्षा र आधुनिक पशुपालनका व्यावहारिक विषयमा जानकारी गराएका हुन् । शिविरमार्फत गोबर परीक्षणसँगै नाम्ले, जुका, भिटामिनका साथै पछिल्लो समय महामारीका रूपमा फैलिएको ‘लम्पी स्किन’ रोगविरुद्धको औषधि निःशुल्क वितरण गरिएको छ ।

Advertisement

औषधिसँगै पशुमा लाग्ने सम्भावित सरुवा रोग, तिनका लक्षण र रोकथामका उपायबारे किसानलाई विशेषज्ञ परामर्शसमेत प्रदान गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र भोजपुरका प्रमुख पुष्पराज दाहालले दूरदराजका किसानलाई प्रत्यक्ष रूपमा सेवा दिने उद्देश्यले शिविर आयोजना गरिएको बताए । शिविरमार्फत एक हजार २७० पशुपन्छीलाई सेवा उपलब्ध गराइएको उनले जानकारी दिए ।

गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले गाउँघरमै विशेषज्ञ सेवा पुग्दा किसानलाई सहयोग पुगेको बताइन् । गाउँपालिकाभित्र धेरै किसानले व्यावसायिक रूपमा गाईभैँसी, बङ्गुर र बाख्रापालन गरिरहेकाले शिविर निकै उपयोगी बनेको उनको भनाइ छ।

शिविरमा सानोदुम्माका साथै आसपासका बस्तीबाट उपस्थित भएका किसानले घरदैलोमै औषधि र परामर्श पाएपछि खुसी व्यक्त गरेका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रको आयोजना तथा पशु सेवा शाखा पौवादुङमाको सहआयोजनामा एकदिने शिविर सञ्चालन गरिएको हो ।

तपाइको प्रतिक्रिया
बाढी प्रभावितलाई चिनियाँ सहयोग
जेनजी आन्दोलनका घाइतेलाई निःशुल्क कानुनी सहायता
कानुनसम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन प्रधानन्यायाधीश चीनतर्फ
सनाखत हुन सकेनन् त्रिशूली-१ सुरुङबाट निकालिएका २४ शव
एरिका गुरुङ एसियाली खेलकुदको सेमिफाइनलमा पराजित 
एरिका गुरुङ एसियाली खेलकुदको सेमिफाइनलमा पराजित 
डमी खाताबाट कारोबार गरेको अध्यक्ष आङबाबुको स्वीकारोक्ति
कोशी, बागमती र गण्डकीमा ‘धेरै भारी’ वर्षाको सम्भावना 
असोज ८ देखि भारी वर्षाको चर्चा, मौसमविद् भन्छन्–अहिल्यै ठोकुवा गर्न सकिँदैन
लाइसेन्स छपाइमा नयाँ व्यवस्था, मधेशका ३ हजार ८१ प्रति सेवाग्राहीसम्म पुग्दै
विश्लेषक भरत दाहाल सुन्दरहरैँचाबाट पक्राउ, काठमाडौं पठाइँदै
एसियाड क्रिकेट टोलीको बिदाइ
एसियाड क्रिकेट टोलीको बिदाइ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×