डमी खाताबाट कारोबार गरेको अध्यक्ष आङबाबुको स्वीकारोक्ति

Share this
787shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ४, आइतबार १३:५२

काठमाडौं । सोलुखुम्बुको रुरल डेभलपमेन्ट बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष आङबाबु राईले सहकारीमा तीनवटा डमी खाता सञ्चालन गरी कारोबार गरेको स्वीकार गरेका छन् । सहकारी ठगीसम्बन्धी जाहेरीपछि काठमाडौं जिल्ला अदालतमा बयान दिने क्रममा राईले यस्तो स्वीकारोक्ति गरेका हुन् ।

न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासमा बयान दिँदै राईले सहकारीको सफ्टवेयरमा संस्थाको नाममा केही रकम जम्मा गर्न नमिल्ने भएपछि सञ्चालक समितिको निर्णयबाट डमी खाता सञ्चालन गरिएको दाबी गरेका छन् । उनका अनुसार सहकारी विभागबाट कारोबार नगर्न निर्देशन आएपछि पनि ती खातामार्फत कारोबार भएको थियो ।

Advertisement

राईले ‘एबी राई’को नाममा तीनवटा डमी खाता सञ्चालन गरिएको बताएका छन् । उनका अनुसार तीमध्ये एउटा खाता नेपाल रुरल डेभलपमेन्ट फाउन्डेशनको नवीकरण तथा कर तिर्न प्रयोग हुन्थ्यो । अर्को खातामा सफ्टवेयरले तत्काल इन्ट्री गर्न नसकेको बचत रकम राखेर पछि सम्बन्धित बचतकर्ताको खातामा जम्मा गरिन्थ्यो ।

तेस्रो खातामा कर्जाबाट प्राप्त आम्दानी, सेयरसम्बन्धी रकम तथा सिस्टममा इन्ट्री हुन नसकेको ऋणको रकम राख्ने गरिएको र घरभाडासमेत त्यही खाताबाट भुक्तानी गर्ने गरिएको उनले बयानमा उल्लेख गरेका छन् । उनका अनुसार ‘एबी राई’ वास्तविक व्यक्तिको खाता नभई कार्यालय सञ्चालनका लागि सञ्चालक समितिको निर्णयबाट बनाइएको डमी खाता थियो । उक्त खाताको व्यवस्थापन क्यासियरको जिम्मेवारीमा रहेकी सञ्चालक समिति सदस्य राधिका तामाङले गर्ने गरेको उनले बताएका छन् ।

सहकारीको रकम हिनामिना गरेको आरोप भने राईले अस्वीकार गरेका छन् । उनले जाहेरवालामध्ये उपाध्यक्ष विवबहादुर राई र सञ्चालक समिति सदस्य इन्द्रकुमार राईले आफूले लिएको तथा आफूहरू जमानी बसेर अरूले लिएको ऋण चुक्ता नगरेपछि आफूविरुद्ध जाहेरी दिएको दाबी गरेका छन् ।

राईले आफूले व्यक्तिगत रूपमा सहकारीको सम्पत्ति, बचत वा सेयर रकम हिनामिना नगरेको र सञ्चालक समितिको निर्णयअनुसार नै काम गरेको जिकिर गरेका छन् । उनले आफूलाई फसाउने उद्देश्यले झुटा आरोप लगाइएको दाबीसमेत गरेका छन् ।

तपाइको प्रतिक्रिया
बाढी प्रभावितलाई चिनियाँ सहयोग
जेनजी आन्दोलनका घाइतेलाई निःशुल्क कानुनी सहायता
कानुनसम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन प्रधानन्यायाधीश चीनतर्फ
सनाखत हुन सकेनन् त्रिशूली-१ सुरुङबाट निकालिएका २४ शव
एरिका गुरुङ एसियाली खेलकुदको सेमिफाइनलमा पराजित 
एरिका गुरुङ एसियाली खेलकुदको सेमिफाइनलमा पराजित 
डमी खाताबाट कारोबार गरेको अध्यक्ष आङबाबुको स्वीकारोक्ति
कोशी, बागमती र गण्डकीमा ‘धेरै भारी’ वर्षाको सम्भावना 
असोज ८ देखि भारी वर्षाको चर्चा, मौसमविद् भन्छन्–अहिल्यै ठोकुवा गर्न सकिँदैन
लाइसेन्स छपाइमा नयाँ व्यवस्था, मधेशका ३ हजार ८१ प्रति सेवाग्राहीसम्म पुग्दै
विश्लेषक भरत दाहाल सुन्दरहरैँचाबाट पक्राउ, काठमाडौं पठाइँदै
एसियाड क्रिकेट टोलीको बिदाइ
एसियाड क्रिकेट टोलीको बिदाइ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×