भन्सार छलेर ल्याइएका ११ लाख बढीको सामान बरामद

Share this
692shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ६, मंगलबार १०:३९

विराटनगर । भन्सार छली नेपालतर्फ ल्याइएको ११ लाख बढीको सामान मोरङमा बरामद भएको छ । ११ लाख ३० हजार ५ सय १६ रुपैयाँ बराबरको सामान सशस्त्र प्रहरीले बरामद गरेको हो ।

भारतदेखि भन्सार छली ल्याइएका लत्ताकपडा, हार्डवेयरका सामान, मोबाइल पार्ट्स तथा किराना सामान मोरङका विभिन्न सीमा क्षेत्रबाट सोमबार बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गण हेडक्वार्टर कंकालिनी मोरङ तथा मातहतका सीमा सुरक्षा गुल्म र बोर्डर आउट पोस्ट (बीओपी)बाट खटिएको टोलीले सामान बरामद गरेको हो ।

Advertisement

सशस्त्र प्रहरीका अनुसार सीमा सुरक्षा गुल्म हेडक्वार्टर रानी, सीमा सुरक्षा गुल्म हेडक्वार्टर सोराभाग तथा बीओपी जहदा भुटाहाबाट खटिएको टोलीले विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा भन्सार छली ल्याइएका सामान फेला पारेको थियो । बरामद सामान आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालय, मोरङमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×