
काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य घटेको छ। बुधबार प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ३२ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।
आज १० ग्राम छापावाल सुनको मूल्य २ लाख ५६ हजार ४ सय ३० रुपैयाँ तोकिएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १६५ रुपैयाँले घटेर ४ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। १० ग्राम चाँदीको मूल्य ३ हजार ९ सय ८७ रुपैयाँ तोकिएको छ।

























