धरानका शिवराज विराटनगरबाट पक्राउ

Share this
695shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ८, बिहीबार १२:०९
दुई साताअघि अपहरणमा परेका १५ महिने बालकको प्रहरीले सकुशल उद्धार

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका–१० का ४३ वर्षीय शिवराज राई लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित बिहीबार बिहान विराटनगरबाट पक्राउ परेका छन् ।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका राईलाई विराटनगर महानगरपालिका–१५ स्थित रानी बैंक चोकमा प्रहरीले शंका लागेर चेकजाँच गरेको थियो । इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्दा उनको साथबाट ८ ग्राम ६२० मिलिग्राम खैरो हेरोइन बरामद गरेको प्रहरीले जनाएको छ ।

Advertisement

ब्राउन सुगरसहित पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ । इन्स्पेक्टर प्रवीण घिमिरे नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ । राईविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×