विराटनगरमा चिनियाँ नागरिक पक्राउ

Share this
691shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ८, बिहीबार १८:५७
विराटनगरमा चिनियाँ नागरिक पक्राउ

विराटनगर । विराटनगर महानगरपालिकास्थित सेन्टर मलमा पसल सञ्चालन गरिरहेका चिनियाँ नागरिक सिए जिङलान (पासपोर्ट नम्बर EP4118484) पक्राउ परेका छन् ।

जिल्ला प्रशासन कार्यालय मोरङ र मोरङ उद्योग वाणिज्य संघको टोलीले सेन्टर मलमा अनुगमन गर्ने क्रममा सिएले ‘योनो मार्ट’ नामको पसल सञ्चालन गरिरहेको पाइएको हो ।

Advertisement

प्रहरीका अनुसार सिएले नेपालमा लगानी गर्ने उद्देश्यले उद्योग विभागबाट बिजनेस भिसाका लागि सिफारिस लिएका थिए । तर, भिसासँग सम्बन्धित काम नगरी पसल सञ्चालन गरिरहेको पाइएको छ ।

अनुगमनका क्रममा उनको साथमा सक्कल राहदानीसमेत फेला नपरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका सिएलाई आवश्यक कारबाहीका लागि अध्यागमन विभाग, कालिकास्थान, काठमाडौं पठाउने तयारी भइरहेको वडा प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×