
विराटनगर । मोरङको बेलबारीबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थसहित आज (शनिबार) बिहान दुई जना पक्राउ परेका छन् ।
बेलबारी नगरपालिका–१ नक्सलबारीस्थित पानीट्यांकीमा बस्दै आएका २३ वर्षीय बामदेव दर्जीको घरमा लागुऔषध लुकाइ राखिएको सूचना पाएपछि इलाका प्रहरी बेलबारीबाट टोली खटिएको थियो ।
प्रहरीले दर्जीको घरमा खानतलासी गर्दा प्लास्टिकबाहेक १ ग्राम ६६० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थ फेला पारेको जनाएको छ ।
उक्त पदार्थसहित दर्जी र सोही स्थानका २६ वर्षीय सबिन सूर्य मगरलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























