१३ लाख ३५ हजारको भन्सार छलीका सामान बरामद

Share this
677shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १०, शनिबार १५:३३

विराटनगर । सशस्त्र प्रहरीले मोरङका विभिन्न सीमा क्षेत्रबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको १३ लाख ३५ हजार ५ सय २५ रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गण हेडक्वार्टर कंकालिनी मोरङ र सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर रानीबाट खटिएको टोलीले बुधबार विभिन्न सीमा इलाकामा चेकजाँचका क्रममा भन्सार छली ल्याइँदै गरेको सामान बरामद गरेको हो । बरामद सामानमा एउटा अटोसहित विभिन्न प्रकारका लत्ताकपडा तथा कस्मेटिक सामग्री रहेका छन् ।

Advertisement

बरामद सामानको भन्सार दाखिला मूल्य १३ लाख ३५ हजार ५ सय २५ रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद सामान आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालय बुझाइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×