विभिन्न मुद्दाका ६ फरार प्रतिवादी पक्राउ

Share this
756shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १०, शनिबार १५:३९
दुई साताअघि अपहरणमा परेका १५ महिने बालकको प्रहरीले सकुशल उद्धार

विराटनगर । विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ६ जना प्रतिवादीलाई प्रहरीले झापा र मोरङबाट पक्राउ गरेको छ ।

अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्ने अभियानअन्तर्गत परिचालित प्रहरी टोलीले खोजतलासका क्रममा शुक्रबार झापाबाट ४ जना र मोरङबाट २ जना गरी ६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ परेकाहरू विभिन्न मुद्दामा दोषी ठहर भई अदालतबाट कैद तथा जरिबाना तोकिएपछि फरार रहँदै आएका थिए । उनीहरूलाई खोजतलासका क्रममा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Advertisement

पक्राउ परेका ६ जनाबाट अदालतले तोकेको २२ महिना २६ दिन कैद सजाय तथा ५४ हजार ६ सय १५ रुपैयाँ ३४ पैसा जरिबाना असुल भएको छ । पक्राउ परेकाहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कैद भुक्तानका लागि सम्बन्धित कारागार पठाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×