विराटनगरमा धूमधामका साथ भीमसेन जात्रा मनाइयो (फोटो फिचर)

Share this
797shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १०, शनिबार १९:१२
विराटनगरमा धूमधामका साथ भीमसेन जात्रा मनाइयो (फोटो फिचर)

विराटनगर । लोपोन्मुख परम्पराको जगेर्ना गर्दै युवा पिँढीलाई आफ्नो धर्म र संस्कृतिको मूल पहिचान गराउने उद्देश्यका साथ विराटनगरमा भव्य रूपमा भीमसेन जात्रा निकालिएको छ ।

Advertisement

विराटनगरस्थित नेवार समुदायद्वारा २०६८ सालमा विराटनगर–१० स्थित संसारी माईस्थान मन्दिरमा भीमसेन मन्दिर स्थापना गरिएसँगै प्रत्येक वर्ष निरन्तर रूपमा यो जात्रा आयोजना हुँदै आएको छ । यो जात्रा विशेष गरी सोह्र श्राद्ध सुरु हुन एक अगाडि मनाइने परम्परा रहँदै आएको छ ।

संसारी माईस्थानको भीमसेन मन्दिर परिसरबाट भीमसेनको प्रतिमासहित सुरु भएको खट जात्राले सहरका प्रमुख भागहरूको परिक्रमा गरेको थियो । जात्राले ट्राफिक चोक, महेन्द्र चोक, कोशी राजमार्ग, भृकुटी चोक तथा मेन रोड हुँदै पुनः मन्दिर परिसरमा पुगेर विधिवत् रूपमा विश्राम लिएको थियो ।

जात्राका क्रममा परम्परागत नेवारी पोसाकमा सजिएका महिलाहरूको उत्साहजनक सहभागिता रहेको थियो भने घन्किएको मौलिक ‘धिमे बाजा’ र आकर्षक ‘लाखे नाच’ ले सम्पूर्ण विराटनगर बजार क्षेत्रलाई उत्सवमय बनाएको थियो ।

‘भिं द्यो’ अर्थात् असल देवताको शब्द अपभ्रंश भई भीमसेन नाम रहन गएको धार्मिक किंवदन्ती अनुसार नेवार समुदायको सघन बसोबास रहेका क्षेत्रहरूमा भीमसेनलाई व्यापार र समृद्धिका देवताका रूपमा पूजा आराधना गर्दै जात्रा निकाल्ने परम्परा छ । यस वर्षको जात्रामा नेवार समुदायको मात्र नभई अन्य धार्मिक तथा सामाजिक समुदायका मानिसहरूको समेत भव्य सहभागिताले जातीय सद्भाव र सांस्कृतिक एकताको गतिलो सन्देश प्रवाह गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×