पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर पक्राउ 

Share this
674shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ११, आइतबार ०७:०४
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर पक्राउ 

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले पक्राउ परेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आइतबार काठमाडौंको महाराजगञ्जस्थित निवासबाट पक्राउ गरेको स्रोतले जनाएको छ ।

पक्राउको कारण र उनीमाथि लागेको आरोपबारे विस्तृत विवरण भने सार्वजनिक भइसकेको छैन।

Advertisement

जबराले २०७५ पुस १७ गते प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए । उनीविरुद्ध २०७८ फागुन १ गते प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता भएको थियो । महाअभियोग प्रस्ताव दर्ता भएपछि उनी निलम्बनमा परेका थिए ।

जबराको पक्राउबारे प्रहरी तथा सम्बन्धित निकायबाट थप विवरण आउन बाँकी छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×