बाढी–पहिरोमा परी चार दिनमा १५ जनाको मृत्यु

Share this
723shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ११, आइतबार १८:४६

काठमाडौं । देशका विभिन्न स्थानमा असोज ८ गतेदेखि आएको बाढी, पहिरो तथा डुबानमा परी चार दिनमा १५ जनाको मृत्यु भएको छ ।

नेपाल प्रहरीका अनुसार विपद्का घटनामा बागमती प्रदेशमा तीन, लुम्बिनीमा चार, गण्डकीमा पाँच, कर्णालीमा दुई र मधेस प्रदेशमा एक जनाको मृत्यु भएको हो ।

Advertisement

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआइजी अविनारायण काफ्लेका अनुसार विपद्का घटनामा चार जना घाइते भएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

बाढी, पहिरो तथा डुबानमा परेका एक हजार २८४ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । उद्धारसँगै बाढी तथा पहिरोको जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ ।

प्रहरीका अनुसार विभिन्न सुरक्षा निकाय र स्थानीयवासीको समन्वयमा जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षित गर्ने तथा अवरुद्ध सडक खुलाउने कामसमेत भइरहेको छ ।

पछिल्लो विपदमा १५ जनाभन्दा बढी बेपत्ता रहेको प्रहरीले जनाएको छ । बेपत्ताको खोजी तथा उद्धार कार्य जारी छ ।

प्रहरीका अनुसार गण्डकी प्रदेशमा सबैभन्दा बढी पाँच जनाको मृत्यु भएको छ भने लुम्बिनीमा चार, बागमतीमा तीन तथा कर्णालीमा दुई र मधेस प्रदेशमा एक जनाको मृत्यु भएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×