
काठमाडौं । ‘मिस युनिभर्स नेपाल २०२६’ को उपाधि प्रयाशना गुरुङले जितेकी छन्।
आज (आइतबार) साँझ आयोजित प्रतियोगिताको फाइनलमा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै गुरुङले उपाधि जितेकी हुन्। उपाधिसँगै उनले ‘मिस युनिभर्स २०२६’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएकी छन्।
प्रतियोगिताको मुख्य निर्णायकमा बलिउड अभिनेत्री तथा पूर्व ‘मिस युनिभर्स इन्डिया’ सेलीना जेटली रहेकी थिइन्। फाइनल चरणमा १४ जना सुन्दरी प्रतिस्पर्धामा सहभागी थिए।

























