सुनको मूल्य तोलामा ५ हजार रुपैयाँ घट्यो

Share this
689shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १२, सोमबार ११:०८
सुनचाँदीको मूल्य बढ्यो 

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले घटेको हो। आइतबार प्रतितोला २ लाख ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन सोमबार घटेर २ लाख ९४ हजार ३०० रुपैयाँमा झरेको छ।

त्यस्तै, सोमबार १० ग्राम सुनको मूल्य २ लाख ५२ हजार ३१५ रुपैयाँ कायम भएको छ। आइतबार १० ग्राम सुन २ लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आइतबार प्रतितोला ४ हजार ६५५ रुपैयाँ रहेको चाँदी सोमबार १४५ रुपैयाँले घटेर ४ हजार ५१० रुपैयाँमा कायम भएको छ।

त्यस्तै, सोमबार १० ग्राम चाँदीको मूल्य ३ हजार ८६७ रुपैयाँ कायम भएको छ। आइतबार यसको मूल्य ३ हजार ९९० रुपैयाँ ५० पैसा थियो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×