झापामा पर्वलक्षित सुपथ मूल्य पसल, चामल र नुनमा छुट

Share this
668shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १३, मंगलबार ०८:४५

झापा । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा दैनिक उपभोग्य वस्तुमा छुटसहित सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ। साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जिरा मसिनो र सोना मन्सुली चामलमा प्रतिकिलो पाँच रुपैयाँ तथा नुनमा प्रतिकिलो दुई रुपैयाँ छुट दिएका छन्।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले चाडपर्वका बेला उपभोक्तालाई राहत दिन सरकारी संस्थानसँगको समन्वयमा चामल, चिनी र नुनलगायत दैनिक उपभोग्य वस्तु सहुलियत दरमा उपलब्ध गराउने व्यवस्था मिलाइएको बताए।

Advertisement

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको बिर्तामोडस्थित मुख्य शाखा कार्यालयका प्रमुख राजबहादुर राईका अनुसार जिरा मसिनो चामल प्रतिकिलो ८५ रुपैयाँ र सोना मन्सुली चामल ५७ रुपैयाँमा बिक्री भइरहेको छ।

उनका अनुसार कार्यालयमा हाल सोना मन्सुली चामल २ हजार ४०३ क्विन्टल, स्टिम जिरा चामल ३ हजार २३३ क्विन्टल र चिनी ४९५ क्विन्टल मौज्दात छ। माग र आवश्यकताका आधारमा थप खाद्यान्न मगाइने उनले बताए।

त्यस्तै, साल्ट ट्रेडिङले जिल्लाका २५ भन्दा बढी विक्रेतामार्फत नुन तथा चिनी बिक्री गर्दै आएको जनाएको छ। कार्यालय प्रमुख विष्णुप्रसाद न्यौपानेका अनुसार नुनको पर्याप्त मौज्दात रहेको छ।

चाडपर्वका समयमा बजारमा कृत्रिम अभाव र कालोबजारी हुन नदिन बजार अनुगमनलाई प्रभावकारी बनाइने प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए। उपभोक्ता हितविपरीतका गतिविधि भेटिए प्रचलित कानुनअनुसार कारबाही गरिने उनले जानकारी दिए।

साल्ट ट्रेडिङले दसैँ, तिहार र छठलाई लक्षित गर्दै बिर्तामोडसहित विराटनगर, राजविराज, लहान, जनकपुर, वीरगञ्ज, हेटौँडा, नारायणगढ, त्रिशूली, पोखरा र बागलुङमा पनि सुपथ मूल्य पसल सञ्चालन गरेको जनाएको छ।

तपाइको प्रतिक्रिया
धरानमा शिक्षक नियुक्तिको आश्वासनपछि विद्यार्थीको अनशन अन्त्य
चोलेन्द्र प्रकरण : जेनजीको नाम जोड्दा विवादमा आएपछि फेरियो सरकारको बोली
 
पूर्वप्रधान न्यायाधीशको पक्राउप्रति मानव अधिकारकर्मी र नागरिक समाजको आपत्ति
मन्त्रिपरिषद्का ६ निर्णय सार्वजनिक
ओलीको निर्देशन : चुनावमा केन्द्रित भएर संगठन सुदृढ गर्नू
बोर्डको मान्यता विवादकै आधारमा विद्यार्थीलाई नक्कली प्रमाणपत्रधारी भन्न नमिल्ने सर्वोच्चको फैसला
नेप्सेमा १९ अंकको गिरावट 
नेप्से परिसूचक नौ अंकले घट्यो
बदलिँदो जीवनशैलीले युवाको मुटु जोखिममा
प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम हिनामिना आरोपमा १० जनाविरुद्ध मुद्दा
नेपाल–भारत सम्बन्ध सुमधुर र प्रगाढः प्रधानमन्त्री शाह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×