नेप्से परिसूचक नौ अंकले घट्यो

Share this
726shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १३, मंगलबार १६:५६
नेप्सेमा १९ अंकको गिरावट 

काठमाडौं। धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज (मंगलबार) सामान्य अंकले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक नौ दशमलव ६२ अंकले घटेर दुई हजार ६०३ दशमलव ७१ मा पुगेको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव शून्य एक अंकले घटेर ४६६ दशमलव ६५ मा पुगेको छ। फ्लोट सूचक शून्य दशमलव ६१ अंकले घटेर १७९ दशमलव ४६ मा पुगेको छ भने सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ४३ अंकले घटेर १५७ दशमलव ४४ मा पुगेको छ।

Advertisement

आज विभिन्न कम्पनीका एक करोड १० लाख ६९ हजार ७४ कित्ता सेयर चार अर्ब ६५ करोड ४८ लाख ७८ हजार ४५ मूल्यमा खरिद–बिक्री भएको छ। आज निर्जीवन बिमा र अन्य उपसमूहको सेयर मूल्य बढेको छ भने बाँकी ११ उपसमूहको मूल्य घटेको हो।

आज ६९ कम्पनीको सेयर बढेको छ भने १९९ कम्पनीको सेयर घटेको र १० कम्पनीको सेयर मूल्य स्थिर छ। नेप्सेका अनुसार आईसिएफसी फाइनान्स डिबेञ्चर, सयपत्री हाइड्रोपावर, नेपाल एसबिआई डिबेञ्चरलगायत कम्पनीका लगानीकर्ताले कमाएका छन्। त्यसैगरी सिटिजन्स सुपर ३० म्युचुअल फण्ड, आरबिबी म्युचुअल फण्ड, मेगा म्युचुअल फण्डलगायत कम्पनीका लगानीकर्ताले गुमाएका छन्।

तपाइको प्रतिक्रिया
धरानमा शिक्षक नियुक्तिको आश्वासनपछि विद्यार्थीको अनशन अन्त्य
चोलेन्द्र प्रकरण : जेनजीको नाम जोड्दा विवादमा आएपछि फेरियो सरकारको बोली
 
पूर्वप्रधान न्यायाधीशको पक्राउप्रति मानव अधिकारकर्मी र नागरिक समाजको आपत्ति
मन्त्रिपरिषद्का ६ निर्णय सार्वजनिक
ओलीको निर्देशन : चुनावमा केन्द्रित भएर संगठन सुदृढ गर्नू
बोर्डको मान्यता विवादकै आधारमा विद्यार्थीलाई नक्कली प्रमाणपत्रधारी भन्न नमिल्ने सर्वोच्चको फैसला
नेप्सेमा १९ अंकको गिरावट 
नेप्से परिसूचक नौ अंकले घट्यो
बदलिँदो जीवनशैलीले युवाको मुटु जोखिममा
प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम हिनामिना आरोपमा १० जनाविरुद्ध मुद्दा
नेपाल–भारत सम्बन्ध सुमधुर र प्रगाढः प्रधानमन्त्री शाह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×