
काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य बढेको छ।
मंगलबार प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा २ हजार ८ सय रुपैयाँले बढेर २ लाख ९३ हजार ३ सय रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज १० ग्राम छापावाल सुनको मूल्य २ लाख ५१ हजार ४ सय ६० रुपैयाँ तोकिएको छ।
यस्तै, चाँदीको मूल्य पनि आज तोलामा ३० रुपैयाँले बढेको छ। मंगलबारको तुलनामा बढेर चाँदी प्रतितोला ४ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।
आज १० ग्राम चाँदीको मूल्य ३ हजार ७ सय ९४ रुपैयाँ तोकिएको छ।

























