लायन्स क्लब अफ विराटनगर शुभमकाे  २५ औँ पदस्थापन सम्पन्न

Share this
731shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १४, बुधबार १०:५९
लायन्स क्लब अफ विराटनगर शुभमकाे  २५ औँ पदस्थापन सम्पन्न

विराटनगर । लायन्स क्लब अफ विराटनगर शुभमको २५ औँ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । क्लबको नयाँ कार्यकाल जुलाई १ तारिखदेखि प्रारम्भ भएको हो ।

कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर लीलाप्रसाद चिमरियाले लायन्स क्लब अफ विराटनगर शुभमकी अध्यक्ष शारदा दाहालसहित नयाँ कार्यसमितिका पदाधिकारीलाई पदस्थापन गराएका थिए । पदस्थापनपछि अध्यक्ष दाहालले क्लबले विगतदेखि निरन्तर गर्दै आएको सेवामूलक अभियानलाई आगामी दिनमा थप प्रभावकारी र सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।

अध्यक्ष दाहालका अनुसार क्लबले रक्तदान, वृक्षारोपण, खाद्यान्न वितरण, ज्येष्ठ नागरिक सेवा, मानव सेवा आश्रममा भोजन, गर्भवती महिलालाई पोषणयुक्त खाद्यान्न वितरण तथा लागुऔषधविरुद्ध सचेतनामूलक कार्यक्रमलगायत विभिन्न सामाजिक सेवाका कार्य गर्दै आएको छ । साथै ‘शुभम् माया घर’ हस्तान्तरणलगायतका सेवामूलक गतिविधि पनि सम्पन्न भइसकेका छन् ।

उनले आगामी दिनमा पनि समाजका आवश्यकता पहिचान गर्दै अझ प्रभावकारी र सेवामूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

कार्यक्रममा अध्यक्ष दाहालले क्लबका सदस्यहरूलाई डिस्ट्रिक्टका विभिन्न महत्त्वपूर्ण जिम्मेवारी प्रदान गरिएकोमा डिस्ट्रिक्टप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि आवश्यक सल्लाह, सुझाव र मार्गदर्शन प्राप्त हुने विश्वास व्यक्त गरिन् ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×