व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ

Share this
708shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १४, बुधबार २०:१२
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) का केन्द्रीय अध्यक्ष अञ्जन श्रेष्ठले उद्योग–व्यवसाय क्षेत्रका समस्या समाधान र आर्थिक गतिविधि चलायमान बनाउन सरकार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताएका छन् ।

अध्यक्ष पद सम्हालेपछि पहिलो पटक कोशी प्रदेश पुगेका श्रेष्ठलाई कोशी प्रदेश महासंघका अध्यक्ष राजेन्द्र राउतले स्वागत तथा सम्मान गरेका हुन् । नेपाल सरकारद्वारा इटहरीमा आयोजित सीप तथा रोजगार मेलामा सहभागी हुने क्रममा कोशी प्रदेश महासंघको सचिवालय पुगेका श्रेष्ठले भेटघाट तथा छलफलमा यस्तो धारणा राखेका हुन् ।

Advertisement

कार्यक्रममा कोशी प्रदेश महासंघका अध्यक्ष राउतले पछिल्लो समय देशमा देखिएका विभिन्न विपद्का कारण व्यवसायी थप मारमा परेको बताए । विशेषगरी चाडपर्वका समयमा अपेक्षाअनुसार व्यापार–व्यवसाय सञ्चालन हुन नसक्दा व्यवसायी प्रत्यक्ष प्रभावित भएको उल्लेख गर्दै उनले यसको असर बैंकको ब्याज भुक्तानीदेखि सरकारको राजस्व संकलनसम्म परेको बताए ।

चुनौतीपूर्ण अवस्थाका बाबजुद कोशी प्रदेश महासंघले व्यवसायीलाई हौसला प्रदान गर्दै सुरक्षित र निर्बाध रूपमा व्यवसाय सञ्चालनका लागि आवश्यक समन्वय तथा सहजीकरण गरिरहेको अध्यक्ष राउतले प्रस्टाए । उनले प्रदेश महासंघको आफ्नै भवन निर्माण अन्तिम चरणमा पुगेको र आगामी एक वर्षभित्र नयाँ भवनबाटै सचिवालय सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए ।

केन्द्रीय अध्यक्ष श्रेष्ठले कोशी प्रदेश महासंघले गरेको स्वागत तथा सम्मानप्रति आभार व्यक्त गर्दै महासंघ र कोशी प्रदेश सरकारबीचको सम्बन्ध सुमधुर रहेकाले प्रदेशमा व्यावसायिक गतिविधि सञ्चालनका लागि सहज वातावरण बनेको बताए ।

उनले आगामी दिनमा सीपमूलक तालिमलाई थप प्रभावकारी बनाउँदै महिला उद्यमीको विकास र प्रवर्द्धनका लागि विशेष कार्यक्रम सञ्चालन गर्न प्रदेश महासंघलाई आग्रह गरे ।

स्थानीय तहमा उपलब्ध स्रोत, साधन र सम्भावनाको अधिकतम उपयोग गर्दै उद्योग–व्यवसाय प्रवर्द्धन गर्न उद्योग वाणिज्य संघ र स्थानीय सरकारबीच सार्वजनिक–निजी साझेदारी (पीपीपी) को अवधारणामा काम गर्नुपर्नेमा अध्यक्ष श्रेष्ठले जोड दिए । यसका लागि नगरपालिका महासंघ र गाउँपालिका महासंघसँग समेत आवश्यक छलफल तथा वार्ता भइरहेको उनले जानकारी दिए ।

कार्यक्रममा महासंघका केन्द्रीय सदस्य, प्रदेश महासंघका पदाधिकारी तथा विभिन्न जिल्ला–नगर उद्योग वाणिज्य संघका अध्यक्ष एवं पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया
मोरङ–६ कांग्रेस अधिवेशन स्थलमा झडप, मनोनयन प्रक्रिया प्रभावित
मोरङ कांग्रेसद्वारा क्षेत्रीय अधिवेशनमा भएको झडपको भर्त्सना, निष्पक्ष छानबिनको माग 
विकास निर्माणका समस्या समाधान गर्न कानुन संशोधनको तयारी
प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १६ अर्ब १५ करोड
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
पदकधारी कराँते खेलाडी स्वदेश फिर्ता
क्षतिग्रस्त जलविद्युत् आयोजना पुनःनिर्माणमा ३ खर्ब ९० अर्बसम्म लाग्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×