नेप्से परिसूचकमा सामान्य सुधार

Share this
780shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १५, बिहीबार १५:४४

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज (बिहीबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ। नेप्से परिसूचक ०.२६ अंकले बढेर २,५९९.१५ विन्दुमा पुगेको छ। यो ०.०१ प्रतिशतको सामान्य वृद्धि हो।

बजार बन्द हुँदा ३५३ कम्पनीका १ करोड २ लाख ६५ हजार ५५५ कित्ता सेयर किनबेच भएका छन्। आज कुल ४ अर्ब ८९ करोड १८ लाख ७६ हजार ३२५ रुपैयाँ ४ पैसा बराबरको कारोबार भएको छ।

कारोबारमा आएका उपसमूहतर्फ मिश्रित प्रभाव देखिएको छ। बैंकिङ ०.३९ प्रतिशत, विकास बैंक ०.२२ प्रतिशत, फाइनान्स ०.२० प्रतिशत र हाइड्रोपावर ०.०३ प्रतिशतले बढेका छन्।

त्यस्तै, निर्जीवन बीमा ०.५० प्रतिशत, अन्य समूह ०.३२ प्रतिशत र म्युचुअल फन्ड ०.२६ प्रतिशतले घटेका छन्। लगानी उपसूचक भने स्थिर रहेको छ। आज सिन्धु विकास बैंकको सेयर मूल्य सर्वाधिक १०.८१ प्रतिशतले बढेको छ। यता सयपत्री हाइड्रोपावरको सेयर मूल्य ९.६५ प्रतिशतले घटेर सर्वाधिक गुमाउने कम्पनी बनेको छ।

कारोबार रकमका आधारमा सिद्धार्थ बैंक सबैभन्दा अगाडि रहेको छ। बैंकको ३० करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज १३९ कम्पनीको सेयर मूल्य बढ्दा १२८ कम्पनीको घटेको छ भने १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×