उम्मेदवारको सूचीबाट भ्रममा नपरौँ, नपारौँः थापा

Share this
705shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २३, शुक्रबार ०८:३३
‘जीवनभर नभएको निन्दा यी तीन दिनमा खेपेँ’: सभापति थापा 

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो नाम जोडेर विभिन्न उम्मेदवारहरूको सूची प्रचारप्रसार भइरहेको भन्दै त्यस्ता सूचीलाई आफ्नो आधिकारिक समर्थन वा सिफारिसका रूपमा नबुझ्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमार्फत बाहिर सार्वजनिक भएको विषयमाथि स्पष्ट पार्दै थापाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन पार्टीभित्रको स्वस्थ्य आन्तरिक लोकतान्त्रिक प्रक्रिया भएको उल्लेख गरेका छन् । उनले यसपटक कुनै पनि प्यानल वा गुट नरहेको स्पष्ट पारेका छन् ।

आफ्नो नाम जोडेर प्रचार गरिएका उम्मेदवारहरूको सूचीबारे स्पष्ट पार्दै उनले कुनै पनि अफवाहमा नलाग्न र त्यस्ता प्रचारबाट भ्रममा नपर्न महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरेका छन् ।

थापाले सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई कुनै पनि भ्रम वा प्रभावमा नपरी पार्टीको सर्वोपरि हितलाई ध्यानमा राख्दै आफ्नो स्वतन्त्र विवेक, मूल्याङ्कन र विश्वासका आधारमा मतदान गर्न अनुरोध गरेका छन् । केन्द्रीय कार्यसमितिका लागि मतदान प्रक्रिया शुरू भएको सन्दर्भमा उनले निर्वाचन प्राविधिक कारणले एक दिन ढिलो भएको उल्लेख गर्दै प्रतिनिधिहरूमा पर्न गएको असुविधाप्रति क्षमासमेत मागेका छन् ।

प्रतिनिधिहरूको विवेकपूर्ण निर्णयले पार्टी संगठनलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्दै थापाले निर्वाचन प्रक्रियामा मर्यादित, संयमित र उत्साहपूर्ण सहभागिताका लागि आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×