उखु किसानलाई डेढ अर्ब रुपैयाँ अनुदान वितरण गरिने

Share this
744shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असोज २३, शुक्रबार ०९:०५

काठमाडौँ । सरकारले उखु किसानलाई एक अर्ब ५० करोड रुपैयाँभन्दा बढी अनुदान वितरण गर्ने भएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले अनुदान वितरणका लागि आवश्यक कार्यविधि स्वीकृत गरेको छ ।

आर्थिक वर्ष २०८३/८४ मा निकासा भएको एक अर्ब ५० करोड ५० हजार रुपैयाँ बर्दिया, रौतहट, कैलाली, कञ्चनपुरलगायत विभिन्न जिल्लाका उखु किसानलाई वितरण गरिने मन्त्रालयले जनाएको छ ।

उखु खेतीमा किसानलाई प्रोत्साहन गर्ने, कृषि उत्पादकत्व बढाउने र अनुदान लक्षित किसानसम्म प्रभावकारी रूपमा पुर्‍याउने उद्देश्यले सरकारले यो कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सरकारले उखु किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँका दरले प्रोत्साहन अनुदान उपलब्ध गराउँदै आएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.