सुनसरीको हरिनगर गाउँपालिकाको सिफारिसमा निर्माण कम्पनी कालोसूचीमा

Share this
663shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २७, मंगलबार ०९:३०

विराटनगर । सुनसरीको हरिनगर गाउँपालिकाको सिफारिसमा एक निर्माण कम्पनी दुई वर्षका लागि कालोसूचीमा परेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसमा पाँच निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखेको हो ।

कार्यालयले असोज २६ गतेको निर्णयअनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ ।

कालोसूचीमा पर्नेमा महोत्तरीको जलेश्वरस्थित दिपक निर्माण सेवा पनि छ । सोमन्त यादव मुख्य व्यक्ति रहेको उक्त कम्पनीलाई हरिनगरा गाउँपालिकाको सिफारिसमा दुई वर्षका लागि कालोसूचीमा राखिएको हो ।

त्यस्तै, कैलालीको धनगढीस्थित बराहा डेभलपर्स प्रालि (साविक राजेन्द्र निर्माण सेवा प्रालि) लाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ । भीमबहादुर साउँद मुख्य व्यक्ति रहेको उक्त कम्पनीलाई अछामको कमलबजार नगरपालिकाको सिफारिसमा कारबाही गरिएको हो ।

रुपन्देहीको बुटवलस्थित सज्ल नेपाल मुख्य व्यक्ति रहेको अभियन्ता कन्स्ट्रक्सन प्रालि पनि दुई वर्षका लागि कालोसूचीमा परेको छ । भैरहवा बहुमुखी क्याम्पसको सिफारिसमा उक्त कम्पनीलाई कालोसूचीमा राखिएको हो ।

यसैगरी, तनहुँको शुक्लागण्डकीस्थित रामकुमार श्रेष्ठ मुख्य व्यक्ति रहेको फूलबाराही डेभलपर्स एन्ड इन्भेस्टमेन्ट प्रालिलाई पशु रोग अन्वेषण प्रयोगशाला, पोखराको सिफारिसमा दुई वर्षका लागि कालोसूचीमा राखिएको छ ।

बाराको प्रसौनी बहुप्राविधिक शिक्षालयको सिफारिसमा पर्साको कालिकामाईस्थित अरविन्द चौरासिया मुख्य व्यक्ति रहेको प्रिन्स कन्स्ट्रक्सन पनि दुई वर्षका लागि कालोसूचीमा परेको छ ।

कालोसूचीमा परेका कम्पनीले तोकिएको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन् ।

तपाइको प्रतिक्रिया
विराटनगरमा जीवन विकासको मिठाइमा ढुसी, नमुना परीक्षणमा
विराटनगरमा जीवन विकासको मिठाइमा ढुसी, नमुना परीक्षणमा
राष्ट्रपति पौडेलद्वारा दुई वटा अध्यादेश जारी
विभागीय टोली आर्मीलाई आइटीएफ तेक्वान्दोको उपाधि 
विभागीय टोली आर्मीलाई आइटीएफ तेक्वान्दोको उपाधि 
कोशीमा चाडपर्व सुरक्षाका लागि ८ हजारभन्दा बढी प्रहरी परिचालन
कोशीमा १४ भाषालाई सरकारी कामकाजको मान्यता, दलहरूद्वारा स्वागत
संखुवासभाको दुर्गम गाउँमा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली
कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित
जलवायु परिवर्तनका चुनौती सामना गर्न नेपाल–दक्षिण अफ्रिका सहकार्यमा जोड
पाथीभरामा चहलपहल बढ्यो, एकै दिन ठूलो संख्यामा तीर्थालु
राजमार्गका होटलमा बासी खाना दिए कारबाही हुने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×