कम्पनी खारेजीमा चाप, जरिवाना छुटको म्याद थप्ने पहल

Share this
646shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २७, मंगलबार १४:०२

काठमाडौं । लामो समयदेखि अद्यावधिक नभएका कम्पनीलाई जरिवाना छुटसहित विवरण अद्यावधिक गर्ने वा खारेज गर्ने अवसर दिइएपछि कम्पनी रजिस्ट्रारको कार्यालयमा सेवाग्राहीको चाप बढेको छ । असोज मसान्तमा जरिवाना छुटको म्याद सकिन लागेसँगै कम्पनी खारेज गर्न चाहनेको संख्या बढेको हो। यसैबीच, सेवाग्राहीले सर्भर नचलेको भन्दै गुनासो गरेका छन् ।

कम्पनी रजिस्ट्रारको कार्यालयका उपरजिस्ट्रार तथा सूचना अधिकारी रामप्रसाद ज्ञवालीले भने सर्भरमा समस्या नरहेको दाबी गरेका छन् । सेवाग्राहीको अत्यधिक चापका कारण सेवा प्रभावित भएको जस्तो देखिए पनि काम नरोकिएको उनको भनाइ छ ।

उनका अनुसार केही दिनअघि इन्टरनेटमा करिब दुई घण्टा समस्या आएको थियो । त्यसबाहेक प्रणालीमा कुनै गम्भीर प्राविधिक समस्या नरहेको उनले दाबी गरे । जरिवाना छुटको सुविधाको लाभ उठाउँदै कम्पनी खारेज गर्न चाहने व्यवसायीको संख्या बढेको छ । उपरजिस्ट्रार ज्ञवालीका अनुसार पछिल्लो समय कम्पनी खारेजी प्रक्रियामा उल्लेख्य चाप देखिएको छ ।

सेवाग्राहीको चाप बढेसँगै कार्यालयले जरिवाना छुटको म्याद थप्न पहल थालेको छ । असोज मसान्तसम्म तोकिएको समयसीमा पुस मसान्तसम्म लम्ब्याउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा सिफारिस गरिएको ज्ञवालीले जानकारी दिए । उनका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उक्त प्रस्ताव अघि बढाइसकेको छ । अर्थ मन्त्रालयबाट छिट्टै म्याद थपसम्बन्धी निर्णय आउने कार्यालयको अपेक्षा छ ।

‘अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८३’ को दफा ४८ अनुसार कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका तर समयमै विवरण तथा कर नबुझाएका कम्पनीलाई सरकारले विशेष छुटको व्यवस्था गरेको छ । उक्त व्यवस्थाअनुसार कारोबारलाई निरन्तरता दिन वा दर्ता खारेज गर्न चाहने कम्पनीले आर्थिक वर्ष २०८२/८३ को विवरण र कानुनबमोजिम लाग्ने कर असोज मसान्तभित्र बुझाएमा त्यसअघिका सम्पूर्ण जरिवाना, दस्तुर र शुल्क मिनाहा हुने व्यवस्था छ ।

यही सुविधाको लाभ उठाउँदै लामो समयदेखि अद्यावधिक नभएका कम्पनीले आफ्नो विवरण मिलाउने वा दर्ता खारेज गर्ने प्रक्रिया अघि बढाएका छन् । कार्यचाप बढेपछि सेवाग्राहीलाई थप सहज बनाउन म्याद थपको पहल गरिएको कार्यालयले जनाएको छ। अर्थ मन्त्रालयबाट निर्णय आएपछि त्यसबारे सार्वजनिक सूचनामार्फत जानकारी गराइने कार्यालयको भनाइ छ । कार्यालयले सेवाग्राहीलाई म्याद थपसम्बन्धी निर्णयको प्रतीक्षा गर्न र आधिकारिक सूचनाका आधारमा प्रक्रिया अघि बढाउन आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
विराटनगरमा जीवन विकासको मिठाइमा ढुसी, नमुना परीक्षणमा
विराटनगरमा जीवन विकासको मिठाइमा ढुसी, नमुना परीक्षणमा
राष्ट्रपति पौडेलद्वारा दुई वटा अध्यादेश जारी
विभागीय टोली आर्मीलाई आइटीएफ तेक्वान्दोको उपाधि 
विभागीय टोली आर्मीलाई आइटीएफ तेक्वान्दोको उपाधि 
कोशीमा चाडपर्व सुरक्षाका लागि ८ हजारभन्दा बढी प्रहरी परिचालन
कोशीमा १४ भाषालाई सरकारी कामकाजको मान्यता, दलहरूद्वारा स्वागत
संखुवासभाको दुर्गम गाउँमा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली
कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित
जलवायु परिवर्तनका चुनौती सामना गर्न नेपाल–दक्षिण अफ्रिका सहकार्यमा जोड
पाथीभरामा चहलपहल बढ्यो, एकै दिन ठूलो संख्यामा तीर्थालु
राजमार्गका होटलमा बासी खाना दिए कारबाही हुने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×