कांग्रेस सहमहामन्त्रीमा शाही निर्वाचित

Share this
779shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २७, मंगलबार ११:४३

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री (पिछडिएको क्षेत्रतर्फ) मा जीवनबहादुर शाही निर्वाचित भएका छन्। चार प्रतिस्पर्धीलाई पछि पार्दै शाहीले उक्त पदमा जित हासिल गरेका हुन् ।

कांग्रेसको कर्णाली प्रदेश संसदीय दलका नेतासमेत रहेका शाहीले ३ हजार ९०६ मत प्राप्त गरेको निर्वाचन पोर्टलमा उल्लेख छ ।

उनका निकटतम प्रतिस्पर्धी जनकराज गिरीले १ हजार ३७० मत प्राप्त गरेका छन् । अन्य प्रतिस्पर्धी नारायणप्रसाद भट्टराई, राजन कुँवर र रामबहादुर विष्ट थिए ।

निर्वाचन समितिले भने शाहीको जितको औपचारिक घोषणा गरिसकेको छैन । समितिका सदस्यसचिव राजु कटवालले मतगणना सकिएको र प्राप्त मत यकिन गर्ने काम भइरहेको जानकारी दिए ।

शाही २०७८ मा सम्पन्न कांग्रेसको १४औँ महाधिवेशनमा पनि सहमहामन्त्री (पिछडिएको क्षेत्रतर्फ) का उम्मेदवार थिए । त्यतिबेला उनी बद्रीप्रसाद पाण्डेसँग पराजित भएका थिए । दोस्रो प्रयासमा शाही सहमहामन्त्री बन्न सफल भएका हुन् ।

तपाइको प्रतिक्रिया
विराटनगरमा जीवन विकासको मिठाइमा ढुसी, नमुना परीक्षणमा
विराटनगरमा जीवन विकासको मिठाइमा ढुसी, नमुना परीक्षणमा
राष्ट्रपति पौडेलद्वारा दुई वटा अध्यादेश जारी
विभागीय टोली आर्मीलाई आइटीएफ तेक्वान्दोको उपाधि 
विभागीय टोली आर्मीलाई आइटीएफ तेक्वान्दोको उपाधि 
कोशीमा चाडपर्व सुरक्षाका लागि ८ हजारभन्दा बढी प्रहरी परिचालन
कोशीमा १४ भाषालाई सरकारी कामकाजको मान्यता, दलहरूद्वारा स्वागत
संखुवासभाको दुर्गम गाउँमा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली
कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित
जलवायु परिवर्तनका चुनौती सामना गर्न नेपाल–दक्षिण अफ्रिका सहकार्यमा जोड
पाथीभरामा चहलपहल बढ्यो, एकै दिन ठूलो संख्यामा तीर्थालु
राजमार्गका होटलमा बासी खाना दिए कारबाही हुने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×