केवलको ‘पुरानो घाउ बल्झेछ’ सार्वजनिक

Share this
723shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २९, बिहीबार १०:२१

विराटनगर । सर्जक केवल लामाको शब्द, संगीत र निर्माणमा तयार भएको गीत ‘पुरानो घाउ बल्झेछ’को आधिकारिक म्युजिक भिडियो सार्वजनिक गरिएको छ। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच भिडियो सार्वजनिक गरिएको हो

सामाजिक सञ्जालमा लोकप्रिय बनिसकेको गीतमा नेपाल आइडल सिजन–१ बाट चर्चा कमाएका गायक राजु तामाङको स्वर रहेको छ। गीतको एरेन्ज आमोश तामाङले गरेका हुन् । भिडियो सार्वजनिक कार्यक्रममा वरिष्ठ संगीतकार सचिन सिंह र सुनिल मास्केले विदेशमा रहेर पनि नेपाली संगीत क्षेत्रमा केवल लामाले पुर्‍याउँदै आएको योगदानको चर्चा गरे ।

केवल लामाको कथा र अवधारणामा बनेको भिडियोको निर्देशन युवराज वाइबाले गरेका छन्। भिडियोमा बिना राउत, विजय लामा, रुकमान लिम्बूलगायत कलाकारले अभिनय गरेका छन् । माया, प्रेम र बिछोडलाई मुख्य विषय बनाइएको भिडियोमा कलाकारहरूको भावनात्मक अभिनय देख्न सकिन्छ ।

भिडियोको छायांकन दीपक गिरीले गरेका हुन् भने सम्पादन विकास दाहालले गरेका छन् । केवल लामाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको भिडियोले रिलिजसँगै सामाजिक सञ्जालमा चर्चा पाउन थालेको छ । गीतका शब्द, संगीत र कलाकारहरूको अभिनयलाई दर्शकले रुचाएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×