प्रतिबन्धित औषधिसहित सुन्दरहरैँचाबाट एक जना पक्राउ

Share this
634shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ६, शुक्रबार १०:५९

विराटनगर । प्रतिबन्धित लागूऔषधसहित मोरङको सुन्दरहरैँचाबाट एक जना पक्राउ परेका छन् ।

बिहीबार राति करिब ९:५० बजे सुन्दरहरैँचा नगरपालिका–१० त्रिवेणी चोकका २७ वर्षीय समिर राईलाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय विराटचोकबाट प्रहरी नायब निरीक्षक भीमकुमार धमलाको कमान्डमा खटिएको टोलीले शंका लागेर जाँच गर्ने क्रममा राईको साथबाट प्रतिबन्धित लागूऔषध स्पास्पेन ३७० ट्याब्लेट र ट्रामाडोल ३८० ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ ।

लागूऔषधसहित पक्राउ परेका राईलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलबारी पठाइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×