मिश्रीले भेटे खनाल

Share this
733shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १८, बुधबार १२:२४

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को भारत भ्रमणको तयारीका लागि काठमाडौं आएका भारतीय विदेश सचिव विक्रम मिश्रीले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेका छन् ।

परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–भारतबीचको सम्बन्ध र द्विपक्षीय सहकार्यका विषयमा छलफल भएको छ । भेटका क्रममा दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप मजबुत बनाउँदै विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयले प्राथमिकता पाएको परराष्ट्रमन्त्री खनालको सचिवालयले जनाएको छ ।

मन्त्रालयका अनुसार नेपाल र भारतबीच रहँदै आएको बहुआयामिक साझेदारीलाई अझ गहिरो बनाउने विषयमा पनि दुवै पक्षबीच विचार आदानप्रदान भएको थियो ।

प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणको तयारीका क्रममा भारतीय विदेश सचिव मिश्री बुधबार बिहान काठमाडौं आइपुगेका हुन् । काठमाडौं आएलगत्तै उनले राजनीतिक तथा कूटनीतिक भेटघाटलाई अघि बढाएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.