
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाएर नयाँ नियुक्ति गर्ने सरकारको निर्णयमाथि प्रश्न उठाएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले आईजीपीको बर्खास्तीले प्रहरीको मनोबलमा कस्तो असर पार्यो र नयाँ नियुक्तिमा बिचौलियाको भूमिका थियो कि थिएन भन्ने प्रश्न गरेका हुन् ।
‘आईजीपीको बर्खास्तीले प्रहरीको मनोबल बढायो कि घटायो ? यो आईजीको नियुक्तिमा बिचौलियाले काम गर्यो कि गरेन ?’ उनले लेखेका छन् ।
सरकारले कार्कीलाई प्रहरी महानिरीक्षकबाट हटाएर मनोज केसीलाई नियुक्त गरेपछि उक्त निर्णयको औचित्य र प्रक्रियाबारे सार्वजनिक रूपमा प्रश्न उठिरहेका छन् । साम्पाङले पनि नियुक्ति प्रक्रियामा बिचौलियाको भूमिका रहेको वा नरहेको विषयमा सरकारसँग जवाफ मागेका छन् ।

























