झापामा जग्गा माग्दै ६० हजारभन्दा बढी परिवारको निवेदन

Share this
684shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १९, बिहीबार १०:५५

झापा । झापामा जग्गा प्राप्तिका लागि भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी गरी ६० हजार ५७० परिवारले निवेदन दिएका छन् ।

भूमि समस्या समाधान समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार सबैभन्दा बढी अव्यवस्थित बसोबासीतर्फ ४१ हजार ८५१ परिवारको निवेदन परेको छ ।

त्यस्तै, भूमिहीन सुकुम्बासीतर्फ १५ हजार ७८३ र भूमिहीन दलिततर्फ दुई हजार ८९६ परिवारले जग्गा प्राप्तिका लागि आवेदन दिएका छन् ।

यसअघि गठित आयोगबाट काम अधुरो र अपुरो रहेका पाँच हजार २९६ परिवारको विवरणसमेत समितिले संकलन गरेको छ ।

जग्गा व्यवस्थापनका लागि राजस्व दरसमेत परिमार्जन गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । नयाँ व्यवस्थाअनुसार आवास प्रयोजनका लागि न्यूनतम मूल्यांकनको १२ प्रतिशत र कृषि प्रयोजनका लागि सात प्रतिशत राजस्व कायम गरिएको छ ।

समितिले जिल्लाका सर्वसाधारणको जग्गासम्बन्धी समस्या यथाशीघ्र समाधान गर्ने लक्ष्यसहित काम अघि बढाएको जनाएको छ । त्यसका लागि समितिका कर्मचारी तथा पदाधिकारी निरन्तर कार्यसम्पादनमा खटिएको पोखरेलले जानकारी दिए ।

यसैबीच, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सोमबार र मंगलबार झापाका विभिन्न पालिकामा पुगेर सुकुम्बासी परिवारसँग भेट गरेकी थिइन् । भेटका क्रममा उनले वर्तमान सरकारले सुकुम्बासी समस्या दीर्घकालीन रूपमा समाधान गरी जग्गाधनी पुर्जा वितरणको तयारी गरिरहेको जानकारी दिएकी थिइन् ।

मन्त्री रावलले भूमि समस्या समाधान समिति र पालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग पनि छलफल गर्दै जग्गाधनी पुर्जा वितरणलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएकी थिइन् ।

तपाइको प्रतिक्रिया
उदयपुरमा २७ भूमिहीन परिवारले पाए जग्गाधनी पुर्जा
चाडपर्वमा सुरक्षा चुनौती रोक्न प्रहरीको विशेष रणनीति, ५० हजार सुरक्षाकर्मी सडकमा
राति १० बजे नै व्यवसाय बन्द गर्नुपर्ने नियमप्रति विराटनगरका व्यवसायी असन्तुष्ट
कार्की सर्वोच्चमा, रिट रोकियो
सर्वोच्चका चार न्यायाधीशको सुनुवाइ हुँदै, पाँच उजुरीकर्ताले सबैलाई लगाए प्रश्न
सरकारले दिएको नयाँ जिम्मेवारी अस्वीकार गर्दै सर्वोच्च पुगे दानबहादुर कार्की
धनकुटा प्रहरीले तमोर किनारमा नष्ट गर्‍यो डेढ टनभन्दा बढी गाँजा
बालसंसारका विद्यार्थीले देउसी–भैलोमार्फत झल्काए मौलिक संस्कृति
शान्ति–सुरक्षा चुस्त बनाउन प्रधानमन्त्री शाहको निर्देशन
न्यायाधीशलाई मेलमिलापकर्ता बनाउने प्रस्तावमा बारको आपत्ति
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.