झापामा २ हजार ३३९ परिवारलाई पुर्जा वितरणको तयारी

Share this
752shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २१, शनिबार ११:३३

झापा । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको निर्देशनपछि झापामा भूमिहीनलाई जग्गाधनी पुर्जा वितरण प्रक्रिया तीव्र पारिएको छ । जिल्ला भूमि समस्या समाधान समितिले पहिलो चरणमा तीन स्थानीय तहका दुई हजार ३३९ परिवारलाई पुर्जा वितरण गर्ने तयारी गरेको छ ।

समितिको बैठकले बुद्धशान्ति, अर्जुनधारा र मेचीनगरबाट प्रमाणीकरण भई आएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारको नामावली सार्वजनिक गरेको हो ।

सार्वजनिक नामावलीअनुसार बुद्धशान्ति गाउँपालिकाका एक हजार ३६४, अर्जुनधारा नगरपालिकाका ९६४ र मेचीनगर नगरपालिकाका ११ परिवार छन् ।

एकैपटक दुई हजार ३३९ परिवारलाई जग्गाधनी पुर्जा वितरण गर्ने तयारी झापाको इतिहासमै महत्त्वपूर्ण घटना हुन सक्ने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए । उनका अनुसार स्थानीय तहबाट थप नामावली प्रमाणीकरण भएर आएपछि छानबिन गरी दोस्रो चरणको सूचना प्रकाशन गरिनेछ ।

झापामा भूमिहीन दलिततर्फ दुई हजार ८९६, भूमिहीन सुकुम्बासीतर्फ १५ हजार ७८३ र अव्यवस्थित बसोबासीतर्फ ४१ हजार ८५१ गरी कुल ६० हजार ५७० परिवारले जग्गा प्राप्तिका लागि आवेदन दिएका छन् । यसबाहेक अघिल्ला आयोगका पालामा अधुरो तथा अपुरो अवस्थामा रहेका पाँच हजार २९६ परिवारका निवेदनसमेत छन् ।

केही दिनअघि झापा भ्रमणका क्रममा मन्त्री रावलले भूमिहीनलाई जग्गाधनी पुर्जा वितरणको काम तत्काल अघि बढाउन प्रमुख जिल्ला अधिकारी पोखरेललाई निर्देशन दिएकी थिइन् । त्यसपछि पोखरेलले थप जनशक्ति परिचालन गरी प्रक्रिया तीव्र बनाएका हुन् ।

तपाइको प्रतिक्रिया
सप्तकोशीमा मोटरबोट दुर्घटना: तीन जनाको मृत्यु, तीन जना बेपत्ता
सप्तकोशी बोट दुर्घटनाको छानबिन तीव्र, तिहारपछि प्रतिवेदन आउने
मन्त्री बादीद्वारा राष्ट्रिय खेलकुदको तयारीबारे अनुगमन
विपद्‍मा बेपत्ता २ हजार २९४ नेपाली र १७१ विदेशीको विवरण सार्वजनिक
इलामको सुम्बेकमा भएको आगलागीमा धनमाल क्षति
सुनसरीमा पटाका बोकेको स्कुटरलाई पछ्याउँदा प्रहरीको मोटरसाइकल दुर्घटना, सई घाइते
सिद्धार्थ स्कुलमा तिहार विशेष कार्यक्रम, कला र संस्कृतिको संरक्षणमा जोड
दुई तिहाइको दम्भमा सरकार प्रश्न गर्नेहरूलाई लखेट्दै छ : संग्रौला
‘अदालतका फैसला सर्वसाधारणले बुझ्ने हुनुपर्छ’
धरानमा बरामद वस्तु विस्फोटक पदार्थ भएको पुष्टि, तीन जनामाथि अनुसन्धान
तिहार : धनकुटाका फूल किसानलाई चटारो
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.