सरकारको कार्यशैली हिन्दी जासुसी फिल्मजस्तै : प्रचण्ड

Share this
709shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २१, शनिबार २०:०४

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको कार्यशैलीलाई हिन्दी जासुसी फिल्मसँग तुलना गरेका छन् । उनले सरकारका कामकारबाही अपारदर्शी र अनिश्चित रहेको टिप्पणी गरेका हुन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले सरकारको कार्यशैलीका कारण मुलुकमा अन्योल र अशान्तिको वातावरण सिर्जना भएको बताए । हिन्दी जासुसी फिल्ममा हुँदै नभएका र असम्भव घटनासमेत देखाइने उल्लेख गर्दै उनले सरकारका गतिविधि पनि त्यस्तै रहस्यमय र अनिश्चित बनेको टिप्पणी गरे ।

उनले भने, ‘तपाईंहरूले हिन्दी जासुसी फिल्म हेर्नुभयो होला, विचित्र–विचित्र हुँदै नहुने कामहरू भएको देखाउँछन् नि, त्यस्तै छ सरकारको काम गराइ । कतिबेला कुन पत्रकार समातिने हो, कुनमाथि हमला हुने हो, कता के भन्ने कुराको टुङ्गो छैन । यो सरकारका बारेमा भन्ने दिन आउँदैछन्, अहिले यत्ति भनौँ ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.