मध्यपहाडी लोकमार्गमा तीन पक्की पुल निर्माण

Share this
751shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २४, मंगलबार ०९:५१

कास्की । राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीन वटा पक्की पुल निर्माण सम्पन्न भएसँगै यातायात सहज भएको छ ।

पोखरा महानगरपालिका–२५ स्थित याम्दी खोलामा सडकको चौडाइअनुसार दुई वटा नयाँ पुल निर्माण भएपछि सवारी आवागमन सहज बनेको हो । यसअघि फराकिलो सडकमा साँघुरा पुल हुँदा विपरीत दिशाबाट आउने सवारीसाधन एकैपटक पार हुन नसक्ने र जाममा बस्नुपर्ने अवस्था थियो ।

पोखरादेखि सिदिङसम्म नियमित जीप चलाउँदै आएका चालक बुद्ध गुरुङले पुल निर्माणपछि यात्रा सहज भएको बताए । पहिले साँघुरो पुलका कारण विपरीत दिशाबाट सवारी आए रोकिएर पालो कुर्नुपर्ने र कहिलेकाहीँ सवारीसाधनको लाम लाग्ने गरेको उनको अनुभव छ ।

“पहिले पुल साँघुरो हुँदा अगाडिबाट गाडी आए रोक्नुपर्ने अवस्था थियो । कहिलेकाहीँ गाडीको लाम लाग्थ्यो र जाममा बस्नुपर्थ्यो । अहिले सडकको चौडाइअनुसारकै पुल बनेपछि सहज भएको छ । गाडी रोकिरहनु पर्दैन, समय पनि बचत भएको छ”, उनले भने ।

मध्यपहाडी लोकमार्गको कास्की खण्डमा २१ करोड ५९ लाख ७८ हजार रुपैयाँ लागतमा तीन वटा पक्की मोटरेबल पुल निर्माण गरिएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय पर्वतका सूचना अधिकारी इन्जिनियर उज्ज्वल शर्माले जानकारी दिए ।

उनका अनुसार पोखरा महानगरपालिका–२५ स्थित याम्दी खोलामा दुई वटा र अन्नपूर्ण गाउँपालिकास्थित पानीविहाडमा एउटा पुल निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।

याम्दी खोलामा पुरानो पुलको दायाँ र बायाँतर्फ एक–एक वटा नयाँ पुल निर्माण गरिएको हो । दुवै पुलको लम्बाइ ५२–५२ मिटर छ । त्यस्तै, पानीविहाडमा निर्माण गरिएको पुल १२४ मिटर लामो रहेको इन्जिनियर शर्माले बताए ।

तीन वटै पुल निर्माणका लागि एउटै ठेक्कामार्फत काम अघि बढाइएको थियो । विसं २०७९ साउन २२ गते स्याङ्जाको गीता कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार निर्माण सम्पन्न भएपछि पुल सञ्चालनमा ल्याइएको कार्यालयले जनाएको छ ।

मध्यपहाडी लोकमार्गले नेपालको मध्यपहाडी क्षेत्रका विभिन्न जिल्लालाई सडक सञ्जालमार्फत जोड्दै आएको छ । कास्की खण्डमा तीन वटा पुल निर्माण भएपछि पोखराबाट पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङका साथै कास्कीको उत्तरी तथा पश्चिमी क्षेत्रमा हुने यातायात थप सहज भएको छ ।

तपाइको प्रतिक्रिया
वीरगञ्ज कारागारबाट कैदी फरार,सीमामा सुरक्षा कडा
भीमफेदी दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो
अस्ट्रेलियाबाट बाढीपहिरो पीडितलाई ६० हजार डलर सहयोग
यमनमा इन्धन पूर्वाधारमाथि हवाई हमला
मोरङको सुनवर्षीमा भीषण आगलागी: पाँच घर जलेर नष्ट 
झापाको बाहुनडाँगीमा हात्ती रोक्न साइरनदेखि सवारीसाधनसम्म परिचालन
मकवानपुरमा माइक्रो बस दुर्घटना: १० जनाको मृत्यु, पाँच जना घाइते
एनपीएलः विराटनगर–पोखरा र कर्णाली–लुम्बिनी भिड्दै
मकवानपुरमा यात्रुवाहक ईभी गाडी ५०० मिटर तल खस्यो, १४ जना सवार रहेको अनुमान
भोजपुरको वास्तिममा पाँच शय्याको अस्पताल सञ्चालन, गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.