पथरीशनिश्चरेमा प्लास्टिकका बोतल टिप्दै हिँड्ने पुरुष मृत फेला

Share this
654shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ३, बिहीबार १६:२०

विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–१ स्थित पूर्व बसस्टेन्ड नजिकै एक पुरुष मृत फेला परेका छन् ।

मृत फेला पर्नेमा झापाको धुलाबारी–३ घर बताउने अन्दाजी ५६ वर्षीय शंकर पाँचकोटी रहेका छन् । उनी प्लास्टिकका खाली बोतल टिप्दै हिँड्ने गरेको जानकारी प्रहरीले प्राप्त गरेको छ ।

प्रहरीका अनुसार बिहीबार दिउँसो करिब १ः२० बजेतिर अंशु कला किराना पसल अगाडि बसिरहेको अवस्थामा उनी मृत फेला परेका थिए । घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पथरीबाट इन्स्पेक्टर भीमराज राईको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।

प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पठाएको छ । मृत्युको कारण खुल्न नसकेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्ने
चितवनको चुनौती पन्छाउँदै सुदूरपश्चिम फाइनलमा
रोहिंग्या नरसंहारमा अन्तर्राष्ट्रिय न्यायालयद्वारा म्यानमार दोषी ठहर
दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा
केराबारीमा ३७ वर्षीया महिलाद्वारा आत्मदाह प्रयास
केराबारीमा महिलाद्वारा आत्मदाहकाे प्रयास
३६२ आयोजना र निर्माण व्यवसायीलाई जोगाउनु मेरो पहिलो प्राथमिकता हो : केशरकुमार बुढाथोकी (भिडियोसहित)
एमालेको प्रतिवेदनमा छैन कम्युनिस्ट एकताको चर्चा
एमाले केन्द्रीय कमिटीका २१ बुँदे निर्णय सार्वजनिक, के–के छन् प्रस्तावमा ?
कोशीमा निर्माण व्यवसायीको चुनाव : केशरकुमार बुढाथोकीको नेतृत्वमा नयाँ खाका, संकट समाधानदेखि पुस्तान्तरणसम्म
नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने अनुसन्धान अधिकृतविरुद्ध मुद्दा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.