
पाँचथर । क्यान्सर रोगसँग जुधिरहेका पत्रकार कविन्द्र शेर्मा को निधन भएको । काठमाडौस्थित क्यान्सर अस्पतालमा उपचारका क्रममा ४३ वर्षको उमेरमा उनको निधन भएको हो ।
पछिल्ला केही वर्षदेखि क्यान्सर रोगबाट पीडित उनी उपचाररत थिए । पाँचथरको कुम्मायक गाउँपालिका–माङजाबुङका स्थायी बासिन्दा शेर्मा सदरमुकाम फिदिममा रहेर पत्रकारितामा सक्रिय थिए ।
उनले लामो समय रेडियो र पत्रपत्रिकामा काम गरेका थिए। रेडियो नेपालका संवाददाताका रूपमा पनि उनले लामो समय जिम्मेवारी सम्हालेका थिए । पाँचथरमा सुम्हालुङ एफएम, इगल एफएम र पाँचथर एफएम स्थापना तथा सञ्चालनमा उनको महत्त्वपूर्ण भूमिका रहेको थियो ।
शेर्माका दुई छोरा छन् । उनको पार्थिव शरीर पाँचथर ल्याएर अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

























