पथरीमा एक पुरुष मृत फेला

Share this
756shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ९, बुधबार १२:१६
प्रतीकात्मक तस्बिर

विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–१ पश्चिम स्टेनस्थित पूर्व–पश्चिम राजमार्गको सडक किनारमा बुधबार बिहान एक पुरुष मृत फेला परेका छन् ।

अन्दाजी ५० देखि ५५ वर्षका पुरुष मृत फेला परेको प्रहरीले जनाएको छ। उनको नाम, थर र ठेगाना खुलेको छैन । उनी पानी बेच्दै हिँड्ने व्यक्ति रहेको प्रारम्भिक विवरणमा उल्लेख छ ।

घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पथरीबाट प्रहरी नायब निरीक्षक कुमार राईको नेतृत्वमा खटिएको टोलीले प्रारम्भिक अनुसन्धान गरेको थियो ।

त्यसपछि प्रहरी निरीक्षक भीमराज राईको नेतृत्वमा खटिएको टोलीले कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर, मंगललबारे पठाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.