विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?

Share this
825shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर १२, शनिबार ०६:२१
विदेशी मुद्रा विनिमय दर सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४९ रुपैयाँ ०८ पैसा तथा युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ७० पैसा र बिक्रीदर १६३ रुपैयाँ ३६ पैसा छ । युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९४ रुपैयाँ ८७ पैसा र बिक्रीदर १९४ रुपैयाँ ६६ पैसा एवं स्वीस फ्र्याङ्क एकको खरिददर १७७ रुपैयाँ ६३ पैसा र बिक्रीदर १७८ रुपैयाँ ३५ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९९ रुपैयाँ ०९ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४९ पैसा तथा क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ २२ पैसा र बिक्रीदर १०४ रुपैयाँ ६४ पैसा तोकिएको छ । सिंगापुर डलर एकको खरिददर ११५ रुपैयाँ १३ पैसा र बिक्रीदर ११५ रुपैयाँ ६० पैसा एवं जापानी येन १० को खरिददर नौ रुपैयाँ ३१ पैसा र बिक्रीदर नौ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ ।

चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३१ पैसा र बिक्रीदर २२ रुपैयाँ ४० पैसा तथा साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७४ पैसा तय गरिएको छ । कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ७२ पैसा र बिक्रीदर ४० रुपैयाँ ८९ पैसा एवं थाई भाट एकको खरिददर चार रुपैयाँ ३८ पैसा र बिक्रीदर चार रुपैयाँ ४० पैसा कायम गरिएको छ ।

युएई दिराम एकको खरिददर ४० रुपैयाँ ४३ पैसा र बिक्रीदर ४० रुपैयाँ ५९ पैसा तथा मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३६ रुपैयाँ १६ पैसा तोकिएको छ । साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ १४ पैसा र बिक्रीदर ११ रुपैयाँ १८ पैसा एवं स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४ रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ ।

डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ७७ पैसा र बिक्रीदर २१ रुपैयाँ ८६ पैसा तथा हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १९ रुपैयाँ ०४ पैसा तय गरिएको छ । कुवेती दिनार एकको खरिददर ४८० रुपैयाँ ६७ पैसा र बिक्रीदर ४८२ रुपैयाँ ६२ पैसा एवं बहराइन दिनार एकको खरिददर ३९३ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३९५ रुपैयाँ ४१ पैसा कायम गरिएको छ ।

ओमनी रियाल एकको खरिददर ३८५ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३८७ रुपैयाँ २१ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन हुन सक्ने छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने उल्लेख गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.