सामाजिक सञ्जालमा अमर्यादित गतिविधि गर्ने ५ सय ९९ प्रहरी कारबाहीमा

Share this
693shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २४, बिहीबार १७:४५

काठमाडौँ । सामाजिक सञ्जालको दुरुपयोग गरी गैरव्यावसायिक एवं अमर्यादित सामग्री पोस्ट गर्ने ५ सय ९९ जना प्रहरी कर्मचारी विभागीय कारबाहीमा परेका छन्। नेपाल प्रहरीको सामाजिक सञ्जाल प्रयोगसम्बन्धी नीति र आचारसंहिता विपरीत फेसबुक, टिकटक र एक्स (ट्विटर) जस्ता प्लेटफर्ममा संगठनविरुद्ध टिप्पणी गर्ने तथा पोसाकको दुरुपयोग गर्नेहरूलाई कारबाही गरिएको हो।

प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्मको अवधिमा प्रहरी नायब महानिरीक्षक (डिआइजी) देखि कार्यालय सहयोगीसम्मका कर्मचारी कारबाहीमा परेका हुन्। कारबाही भोग्नेहरूमा १ जना डिआइजी, १ जना एसएसपी, ४ जना एसपी, ५ जना डिएसपी र २४ जना इन्स्पेक्टर रहेका छन्। त्यस्तै, ३ सय ५८ जना प्रहरी जवान र अन्य विभिन्न दर्जाका कनिष्ठ अधिकृत तथा हवल्दारहरूले पनि विभागीय सजाय पाएका छन्।

संगठनको नीति उल्लंघन गर्ने यी कर्मचारीहरूलाई कसुरको प्रकृति हेरेर सख्त चेतावनी र नसिहत दिनेदेखि बढुवा रोक्कासम्मको कारबाही गरिएको प्रहरीले जनाएको छ। नेपाल प्रहरीले २०७१ सालदेखि नै सामाजिक सञ्जाल प्रयोगसम्बन्धी निर्देशिका लागू गरेको छ भने ‘प्रहरी कर्मचारीले पालना गर्नुपर्ने आचारसंहितासम्बन्धी कार्यादेश–२०७७’ मार्फत थप कडाइ गरेको छ।

प्रचलित नियमअनुसार प्रहरी कर्मचारीले सामाजिक सञ्जालमा हातहतियार, पोसाक र सरकारी सवारी साधन प्रयोग गरी भिडियो वा फोटो अपलोड गर्न पाउँदैनन्। साथै, प्रहरी गतिविधिका बारेमा जथाभावी टीकाटिप्पणी गर्न समेत बन्देज लगाइएको छ। अनुशासन र मर्यादा कायम राख्न भन्दै प्रहरीले पछिल्लो समय सामाजिक सञ्जालको निगरानीलाई तीव्र पारेको छ।

तपाइको प्रतिक्रिया
विवादमा तानिएका न्यायाधीश फुयाल नियमित काममा फर्किंदै
अन्तर्राष्ट्रिय विद्यार्थी दिवस: साहस र अधिकार सम्झाउने दिन
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.