
विराटनगर । कोशी राजमार्ग अन्तर्गत रानी–विराटनगर सडकखण्डमा पैदलयात्रीको सुरक्षालाई मध्यनजर गर्दै जेब्रा क्रसिङ निर्माण गरिएकाे छ । ट्राफिक प्रहरी पोष्ट रानी विराटनगर र डीएभी स्कूलको सहकार्यमा डिएभी स्कुलदेखि इलाका प्रहरी कार्यालय रानीसम्म जेब्रा क्रसिङ निर्माण गरिएकाे हाे ।
सडक प्रयोगकर्ताहरूको सुरक्षालाई मुख्य प्राथमिकता दिँदै सञ्चालित अभियानले पैदलयात्रीहरूलाई सुरक्षित रूपमा बाटो काट्न ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
पैदलयात्रीलाई सुरक्षित बनाउन र सवारी दुर्घटना न्यूनीकरण गर्दै सडक अनुशासन कायम गर्न जेब्राक्रस निर्माण गरिएकाे ट्राफिक प्रहरी पोष्ट रानीका प्रमुख रुपचन चाैधरीले जानकारी दिए ।
























