
विराटनगर । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको कानेपोखरी–पथरी सडक खण्डमा पर्ने मोरङ्गी खोलाको पुल भासिएपछि अवरुद्ध भएको यातायात सुचारु भएको छ ।
आइतबार साँझ साढे ६ बजेतिर निर्माणको काम भइरहेकै बेला पुलको दक्षिणी भाग भासिएको थियाे । खाेलामा डाइभर्सन निर्माण गरी बिहीबारबाट सञ्चालनमा आएको हाे ।
डाइभर्सन निर्माण गरी दुइतर्फी सडक सञ्चालन भएको काकरभिट्टा–लौकही सडक आयोजना पश्चिम खण्डका प्रमुख जगत प्रजापतिले जानकारी दिए ।

























