प्लास्टिक झोलामा पूर्ण प्रतिबन्ध, १९ उद्योग पसलमा एकै पटक सरकारी अनुगमन

Share this
663shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २५, शुक्रबार ११:३१
प्लास्टिक झोलामा पूर्ण प्रतिबन्ध, १९ उद्योग पसलमा एकै पटक सरकारी अनुगमन

काठमाडौं । सरकारले कम माइक्रोन भएका प्लास्टिकका झोला र प्लास्टिकजन्य वस्तु बिक्रीमा रोक लगाएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वातावरण संरक्षणलाई प्राथमिकतामा राख्दै प्लास्टिक तथा प्लास्टिकजन्य वस्तुको बिक्री वितरणमा कडाइ गरेको हो ।

विभागले एकै पटक १९ वटा प्लास्टिक उद्योग तथा पसलमा अनुगमन गरी ४० माइक्रोनभन्दा कमका प्लास्टिक झोला तथा प्लास्टिकजन्य वस्तुको बिक्री वितरण तत्काल रोक्न भनेको छ ।

अनुगमनका क्रममा वातावरणमा दीर्घकालीन असर पार्ने तथा कानुनविपरीत रहेका प्लास्टिक झोलाको प्रयोग र बिक्री भइरहेको पाइएको भन्दै विभागले कडा निर्देशनसहित सुधारात्मक कदम चाल्न चेतावनी दिएको हो । उपभोक्ता संरक्षण ऐन २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन र कारबाही प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ ।

प्लास्टिक उद्योग, पसल तथा आयातकर्तालाई पनि ४० माइक्रोनभन्दा कमका प्लास्टिक झोलाको बिक्री वितरण नगर्न र नगराउन निर्देशन दिइएको छ ।

वातावरणीय प्रदूषण न्यूनीकरण, उपभोक्ताको स्वास्थ्य सुरक्षा र दिगो विकासलाई ध्यानमा राख्दै ४० माइक्रोनभन्दा कमका प्लास्टिक जन्य वस्तुमा रोक लगान कदम चालिएको र  विभागको निर्देशन अवज्ञा गर्ने उद्योग तथा व्यवसायीमाथि कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.