सुनसरीमा जंगली हात्तीको आक्रमणबाट २ जना महिला घाइते

Share this
748shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २५, शुक्रबार १३:५८

सुनसरी । सुनसरीमा जंगली हात्तीको आक्रमणबाट शुक्रबार २ जना महिला घाइते भएका छन् ।

बराहक्षेत्र नगरपालिका–३ नडाहास्थित कालिन्द्र सामुदायिक वननजिक महिलाहरुलाई जंगली हात्तीको आक्रमण गरेको हो । सुनसरीका प्रहरी प्रमुख एसपी केशवकुमार थेबेका अनुसार दिउँसो करिब १२ः२० बजेतिर बराहक्षेत्र नगरपालिका–३ का ७२ वर्षीया मैया विक घाँस काट्न वनमा जाने क्रममा जंगली हात्तीले आक्रमण गरेको थियो । उनको दाहिने खुट्टा भाँचिएको छ ।

हात्तीले आक्रमण गर्दा सोही ठाउँकी ३४ वर्षीया पुजन विक पनि घाइते भएकी छन् । हात्तीको आक्रमणबाट निधार, अनुहार र दुवै खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । २ जनालाई नै एउटै हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

घाइते दुवै जनालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको इन्स्पेक्टर दिवश कुँवर नेतृत्वको टोलीले उद्दार गरी प्रहरीको गाडीमा राखेर उपचारका लागि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएको छ । दुवै जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

महिलाहरुलाई आक्रमण गरेपछि हात्ती बराहक्षेत्र–३ कालिन्द्र सामुदायिक वनमा पसेको छ । हात्तीबाट सुरक्षित रहन र आक्रमणबाट बच्नलाई सावधानी अपनाउन प्रहरीले सबैलाई आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
कांग्रेसको ‘हामी तयार छौँ’ अभियान सुरु हुँदै
विवादमा तानिएका न्यायाधीश फुयाल नियमित काममा फर्किंदै
अन्तर्राष्ट्रिय विद्यार्थी दिवस: साहस र अधिकार सम्झाउने दिन
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.