ढुक्क भएर मतदान गर्न निर्वाचन आयोगको आग्रह

Share this
750shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २५, शुक्रबार १७:४०

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुरक्षाको पूर्ण प्रत्याभूति हुने जनाउँदै मतदाताहरूलाई निर्धक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेको छ। शुक्रबार आयोजित प्रेस ब्रिफिङमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारसँगको समन्वयमा बलियो सुरक्षा रणनीति तयार पारिएको जानकारी दिए।

प्रवक्ता भट्टराईले सुरक्षाका कारण निर्वाचनमा सहभागी हुन वा मतदान केन्द्रसम्म जान कुनै पनि संकोच मान्नुपर्ने अवस्था नरहेको स्पष्ट पारे। ‘सुरक्षा निकाय र सम्बन्धित मन्त्रालयको नेतृत्वमा आयोगले भरपर्दो र विश्वसनीय सुरक्षा व्यवस्था मिलाइरहेको छ,’ उनले भने, ‘त्यसैले मतदाताहरू डराउनुपर्ने वा असुरक्षित महसुस गर्नुपर्ने स्थिति छैन।’

सरकारले यस निर्वाचनका लागि ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेको छ। आयोगले मतदान केन्द्रहरूलाई संवेदनशीलताका आधारमा वर्गीकरण गरी सोही अनुसारको सुरक्षा प्रबन्ध मिलाउने कार्य भइरहेको जनाएको छ।

सुरक्षाका अतिरिक्त आयोगले यसपटक बदर मतको संख्या घटाउन विशेष ध्यान दिने भएको छ। विगतका निर्वाचनमा देखिएका कमजोरीलाई सुधार्न प्रभावकारी मतदाता शिक्षा र नयाँ रणनीति अपनाएर अघि बढ्ने प्रवक्ता भट्टराईले बताए। फागुन २१ गते हुने यस निर्वाचनका लागि हाल आयोगले मतदाता नामावली छपाइ लगायतका प्राविधिक तयारीलाई तीव्रता दिइरहेको छ।

तपाइको प्रतिक्रिया
विवादमा तानिएका न्यायाधीश फुयाल नियमित काममा फर्किंदै
अन्तर्राष्ट्रिय विद्यार्थी दिवस: साहस र अधिकार सम्झाउने दिन
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.