प्रतीकात्मक तस्बिरविराटनगर । झापा दमकको एउटा थुक्पा फ्याक्ट्री र एउटा घरमा शुक्रबार बिहान ९ः४५ बजेतिर आगलागी हुँदा ठूलो क्षति भएको छ ।
दमक नगरपालिका–९ का पदम भण्डारीले सञ्चालन गर्दै आएको टिनको छानो र पक्की पर्खाल भएको स्वस्तिक थुप्पा फ्याक्ट्रीबाट आगलागी सुरु भएको प्रहरीले जनाएको छ । आगोले थुप्पा फ्याक्ट्रीसँगै रहेको ३ तले पक्की घरसमेत जलेको छ ।
फ्याक्ट्री र त्यहाँ रहेका सामानसहित घर र घरभित्र रहेका सबै सामान जलेर ध्वस्त भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विभिन्न ठाउँबाट गएका दमकल र स्थानीयको सहयोगमा करिब डेढ घण्टापछि आयो नियन्त्रणमा लिइएको थियो ।
आगलागीमा १ करोड ३० लाख रूपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीको कारण प्रष्ट भइसकेको छैन । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

























