
काठमाडौं । निर्वाचन आयोगले समानुपातिक सूचीमा रहेका नाम फिर्ता लिन चाहनेलाई निवेदन दिन आग्रह गरेको छ ।
आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा यस्तो जानकारी दिइएको छ । फागुन २१ मा हुने निर्वाचनका लागि दलहरूले यही पुस १३ र १४ गते समानुपातिक सूची आयोगमा पेस गरेका थिए ।
आयोगले अब नाम फिर्ता गर्न चाहने व्यक्तिहरूलाई पुस २८ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म आवेदन दिन सक्ने समय तोकेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का १२ जना भन्दा बढीले नाम फिर्ता गर्ने घोषणा गरिसकेका छन् भने नेकपा (एमाले)का ५ जनाले पनि नाम फिर्ताका लागि पार्टीमा निवेदन दिएका छन् ।
नाम फिर्ता गर्न चाहनेले आयोगमा व्यक्तिगत रूपमा उपस्थित भएर वा वारेसमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

























