सांकेतिक तस्बिरविराटनगर । लागुऔषध मुद्दामा इलाका प्रहरी कार्यालय पथरीको हिरासतमा रहेका एक युवाको उपचारका क्रममा मृत्यु भएको छ। मोरङको पथरीशनिश्चरे नगरपालिका–४ का २३ वर्षीय ज्ञानदीप राईको सोमबार बिहान विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको हो।
प्रहरीका अनुसार लागुऔषध मुद्दामा म्याद थप गरी अनुसन्धानका लागि हिरासतमा राखिएका राईलाई माघ २ गते राति ९:१५ बजे अचानक उच्च ज्वरो आउने समस्या देखिएको थियो। स्वास्थ्यमा समस्या देखिएलगत्तै उनलाई प्रहरी सहायक निरीक्षक (प्रसनि) उत्तम कटुवालको कमाण्डमा ४ जनाको टोलीले उपचारका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारे लगेको थियो।
मंगलबारेमा प्राथमिक उपचारपछि थप उपचारका लागि सोही राति १०:०० बजे उनलाई नोबेल अस्पताल विराटनगर रिफर गरिएको थियो। उपचारकै क्रममा राईको सोमबार बिहान ४:३७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।























