
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रहरी निरीक्षक प्रकाश थापालाई पुस महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित गरेको छ ।
२०८२ असोज २६ गते ओखलढुंगाको सिद्धिचरण नगरपालिका– ४ चार्खु की ५२ वर्षीया रत्नकुमारी कटवाल (कार्की) तथा २०८२ पुस १५ गते ओखलढुंगाकै चिशंखुगढी गाउँपालिका–६ का किराना पसल सञ्चालक दम्पती ६० वर्षीय सोवितमान थापा मगर र ६० वर्षीया रत्नमाया थापा मगरको हत्या गर्नुका साथै लुटपाट भएको थियो ।
उक्त हत्या तथा लुटपाटको घटनाको अनुसन्धानमा सफल हुँदै दोषीलाई पक्राउ गर्न सफल भएकाले कोशी प्रदेश प्रहरी कार्यालयले प्रहरी निरीक्षक थापालाई ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित गरेको हो ।























